Rule 23
मौज्दात कमीको मिन्हा
(१) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले आफूसँग रहेको मदिराको मौज्दातमा वाष्पिकरण, दुर्वौधिकरण, चुहावट वा वोतलमा मदिरा भर्दाको कारणबाट शून्य दशमलव पाँच प्रतिशतसम्म कमी हुन आएमा अभिलेख राखी आफैंले मिनाहा लिन सक्ने र थप शून्य: दशमलव पाँच प्रतिशतसम्म कमी हुन आएमा मासिक विवरणमा उल्लेख गरी मिन्हाको लागि अन्तशुल्क अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।
(१क) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तीन वर्ष भन्दा बढी अवधि व्यारेलमा राखी स्प्रीट मेचुरेसन गर्दा अल्कोहल तिशतमा वार्षिक दुई प्रतिशतसम्म र आयतनमा वार्षिक तीन प्रतिशतसम्म वाष्पीकरण र्‌ :दु्वौंधीकरणको कारणबाट कमी हुन आएमा मेचुरेसन अवधि पूरा भएपछिको महिनाको विवरणमा उल्लेख गरी मिनाहाको लागि अन्तःशुल्क अधिकृत समक्ष पेश गर्नु पर्नेछ।
(२) उपनियम (१क) बमोजिम पेश भएको विवरण अन्तशुल्क अधिकृतले तीस दिनभित्र जाँच गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम जाँच गर्दा मौज्दात कमी भएको मनासिब माफिकको कारण भएमा आधार स्पष्ट खुलाइ अन्तशुल्क अधिकृतले उपनियम (१) को हकमा एक प्रतिशतसम्म र उपनियम (१क) को हकमा सो उपनियममाः उल्लेख भएको प्रतिशतसम्म मौज्दात कमी मिन्हा दिन सक्नेछ ।
(४) …………
(४क) ………………….
(५) …………….